पोखरीमा डुबेर एक बालकको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन ६, आईतवार १४:२८

राजविराज, ६ फागुन । सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ललकु मामा घर आएको र घरमा कोही नभएको बेला खेल्दाखेल्दै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*