सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० पुग्दै नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन प्रतितोला तीन हजार ९० रुपैयाँले वृद्धि भई सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार ६८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
