यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०८२ आश्विन ७, मंगलवार ०८:३६
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज ३५ पैसाले बढेर खरीदमूल्य १४१ रुपैयाँ र बिक्रीमूल्य १४१.६० रुपैयाँ कायम भएको छ।

यस दिन १० जापानिज येनको खरीददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर १०.१३ रुपैयाँ र बिक्रीदर १०.१७ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४६२.३७ रुपैयाँ र बिक्रीदर ४६४.३४ रुपैयाँ निर्धारण भएको छ।