नेपाली बजारमा सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भई दुई हजार ६५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुन–चाँदी दुवैको मूल्य निरन्तर उकालो लागेपछि बजारमा नयाँ उच्च मूल्य कायम भएको हो ।
