महेद्र माविकी विद्यार्थी रुपा ढुङ्गेललाई मनमाया स्मृति गजल पुरस्कार

तु खबर संवाददाता
२०७४ फाल्गुन ६, आईतवार १२:४०

मकवानपुर, ६ फागुन । माध्यमिक तहको जिल्लास्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिकास्थित महेन्द्र माविकी छात्रा रुपा ढुङ्गेल उत्कृष्ट भएकी छन् ।

गजल मञ्च मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका माध्यमिक तहका विजद्यार्थीबीच गराइएको गजल प्रतिस्पर्धामा कक्षा १२ मा अध्ययनरत ढुङ्गेल उत्कृष्ट भएकी हुन् । उत्कृष्ट भएसँगै उनले मनमाया स्मृति गजल पुरस्कार–२०७४ प्राप्त गरेकी हुन् । साहित्यकार दीपक गौतमले आफ्नो हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार यसवर्ष ढुङ्गेलले पाएकी हुन् ।

जिल्लाका १४ वटा विद्यालयका छात्रछात्राले भाग लिएको प्रतियोगितामा उत्कृष्ट ५ कविता शनिबार हेटौंडामा आयोजित एक सय ४१ औं गजल यात्रा कार्यक्रमकाबीच बाचन गरिएको थियो । ५ उत्कृष्ट मध्ये ढुङ्गेलको गजल उत्कृष्ट ठहरिएको थियो । प्रतियोगितामा गीतकार तुल्सी घिमिरे, साहित्यकार विश्वनाथ सन्जेल र सुवास खनाल निर्णायकको भूमिकामा रहेका थिए । गजलमा उत्कृष्ट भएसँगै ढुङ्गेललाई कार्यक्रमका प्रमुख अतिथि निमेष निखिल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी र पुरस्कार संस्थापक दीपक गौतमले संयुक्तरुपमा नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

गजल मञ्च मकवानपुरका अध्यक्ष तिवारीको अध्यक्षतमा भएको गजल यात्रा तथा पुरस्कार वितरण कार्यक्रममा कार्यत्रममा मकवानपुरका करिब डेढ दर्जन गजलकारले आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा पुरुषोत्तम आचार्य, यश लामा, चिरन्जीवी लामिछाने, उमेश तिमल्सिना, विशाल अधिकारी, मनु रेग्मी आशा, बालकृष्ण दाहाल, सुनिल गौतम, राज आदित्य, सन्तराम राईलगायतले गजल बाचन गरेका थिए । गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*