हेटौँडा गोल्डकपमा आज नेपाल पुलिस र विजय युथ भिड्दै

तु खबर संवाददाता
२०७४ फाल्गुन ६, आईतवार ११:५९
File Photo

हेटौँडा, ६ फागुन । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान, हेटौँडाको आयोजनामा तेस्रो हेटौँडा गोल्डकप नकआउट फुटबल प्रतियोगिता प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा शनिबारबाट सुरु भएको छ ।

मनाङ मस्र्याङ्दी क्लब, एपिएफ, संकटा, थ्रिस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौँडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरि ८ वटा टिमले लिएको प्रतियोगिताको आज दोस्रो दिन नेपाल पुलिस र विजय युथ हेटौँडा भिड्ने भएका छन् ।

त्यस्तै हिजो भएको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लबले एपिएफलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरेको छ । पहिलो हाफको २९ औँ मिनेटमा सुजल श्रेष्ठले पेनाल्टीमा गोल गरी मनाङ मस्र्याङ्दीलाई विजयी गराएका हुन् ।

फागुन १२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख र दोस्रो हुने टोलीलाई रु तीन लाख नगद पुरस्कार दिइनेछ । उद्घाटन खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन विष्टले रु पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*