बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक आन्दोलन, २ जनाको मृत्यु
काठमाडौँ । राजधानी काठमाडौँको नयाँ बानेश्वरमा जेनजी पुस्ताले गरेको आन्दोलन प्रहरी दमनपछि हिंसात्मक बनेको छ । प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते भएका थप एक २० वर्षीय युवाको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको छ ।
घाइतेहरूको संख्या पनि बढ्दै गएको छ । अहिलेसम्म करिब एक सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो । प्रहरी दमनसँगै प्रदर्शनकारी पनि आक्रामक बनेका छन् ।
