दिन दिनै सुनको मूल्यमा बन्दैछ नयाँ रेकर्ड

तु खबर संवाददाता
२०८२ भाद्र १७, मंगलवार १०:५१

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।

आज सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ पनि किर्तीमानी उचाईमा पुगेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँ पुगेको छ ।