मिस नेपाल २०२५ को ताज लुना लुइँटेललाइ

तु खबर संवाददाता
२०८२ भाद्र १४, शनिबार १९:३०

काठमाडौं ।ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्राण्ड फिनालेमा लुना लुइँटेलले अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल २०२५ को उपाधि जितेकी छन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा उनले ‘मिस नेपाल वर्ल्ड’ को ताज पहिरिन सफल भएकी हुन्।

उपाधि विजेता लुइँटेललाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस वर्ष काठमाडौंसहित देशका विभिन्न सहरमा अडिसनमार्फत छनोट गरिएका २६ जना सुन्दरी अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए।

लुना लुइँटेलको यो जितसँगै अब उनी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा ‘मिस वर्ल्ड’ प्रतिस्पर्धामा सहभागी हुनेछिन्।