यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ भाद्र ११, बुधबार ०९:४२
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ।

त्यस्तै १० जापानिज येनको खरीददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ तोकिएको छ भने एक मलेसियन रिंगिटको खरीददर ३३.२१ रुपैयाँ र बिक्रीदर ३३.३५ रुपैयाँ तोकिएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वनको खरीदमूल्य १०.०३ रुपैयाँ र बिक्रीमूल्य १०.०८ रुपैयाँ कामय हुँदा एक कुवेती दिनारको खरीदमूल्य ४५८.१० रुपैयाँ र बिक्रीमूल्य ४६०.०६ रुपैयाँ निर्धारण गरिएको छ।