सुनको मूल्यमा तीव्र वृद्धि

तु खबर संवाददाता
२०८२ भाद्र ८, आईतवार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।