माओवादी नगर सम्मेलनको तयारी पुरा

तु खबर संवाददाता
२०७४ फाल्गुन ४, शुक्रबार १८:०४

हेटौँडा, ४ फागुन । नेकपा माओवादी केन्द्र मकवानपुर हेटौँडा उपमहानगरपालिकाको दोस्रो सम्मेलनको तयारी पुरा भएको छ ।

यही फागुन ५ गते शनिबार हुने सम्मेलनको लागि उपमहानगरपालिकाको १९ वडाका २० सदस्य बराबर १ प्रतिनिधि,जबस, मनोनित र आयोजक समिति गरि ३ सय १५ जना प्रतिनिधि रहने पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधि संख्याको १० प्रतिशत परिवेक्षक रहने बताइएको छ । कार्यक्रम बिहान ११ बजे पल्पसा सभागृहमा उद्घाटन गरिनेछ भने दिउँसो २ बजेबाट बन्द सत्र सुरुवात हुनेछ ।

कार्यक्रममा माओवादी केन्द्र मकवानपुर जिल्ला ईन्चार्ज एवं ३ नम्बर प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहनेछ भने जिल्ला संयोजक एवं प्रदेश नम्बर ३ का सांसद प्रेमबहादुर पुलामीको विशेष आतिथ्यता रहनेछ ।

सम्मेलनले नयाँ कार्य समितिको समेत चयन गर्ने संचार विभाग प्रमुख पृथकले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*