मैत्रीपूर्ण फुटबलमा मकवानपुरे पत्रकार ५ गोल गर्दै विजयी, बारा पराजित

तु खबर संवाददाता
२०७४ फाल्गुन ४, शुक्रबार १४:३०
तस्बिर–अशोक सुजन श्रेष्ठ

बारा, ४ फागुन । बारा र मकवानपुरका पत्रकारहरुबिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा मकवानपुरका पत्रकारहरुको टोली विजयी भएको छ ।

बाराको सिमरा रंगशालामा भएको ६० मिनेटको खेलमा मकवानपुरले बारालाई ५–० गोल अन्तरले पराजित गरेको हो । मकवानपुरका लागी पत्रकार बुद्ध श्रेष्ठले ४ र सुवास बिडारीले १ गोल गरेका थिए । पत्रकार दिवाकर भण्डारीको कप्तानीमा मैदानमा उत्रिएको बाराको पत्रकार टोलीलाई पत्रकार प्रताप बिष्टकोे कप्तानीमा मैदान उत्रिएको मकवानपुरे पत्रकारको टोलीले पराजित गरेको हो ।

तस्बिर–अशोक सुजन श्रेष्ठ

बारा र मकवानपुरको खेल रोमाञ्चक बनेको थियो । प्रतियोगिताको बिजेता मकवानपुरलाई आयोजकको तर्फबाट पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले मायाको चिनो प्रदान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*