नेपाल गोरखा परिवार दक्षिण कोरियाको अध्यक्षमा गौतम
दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको अध्यक्ष पदमा देवी गौतम सर्वसम्मत चुनिएका छन् ।
कोरियाको सुवनमा आज सम्पन्न संस्थाको १३ औं अधिवेशनले गौतमको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा राजन बोहरा,उपाध्यक्षमा अनिल भट्टराई, कृष्णकुमार श्रेष्ठ, सुमन थापा र महिला उपाध्यक्षमा निता गुरुङ चुनिएकी हुन् ।
त्यस्तै महासचिव पदमा अशोक खड्का दोहोरिएका छन् भने सचिवमा अमीर पान्डे र प्रदिप भट्टराई चयन भएका छन् ।
विध्यार्थी संयोजकमा तारानाथ लामिछाने, महिला संयोजकमा शिखा थापा, कोषाध्यक्षमा सहदेव बानियाँ र सह कोषाध्यक्षमा गुणराज निर्मल चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमश मुन मगर, अर्पण राना, मनोज रेग्मी, पुष्प तामाङ, दीपजङ थापा, प्रेम पोखरेल, काजी श्रेष्ठ, रमेश सेवा, दिपेन कोइराला र सेखर लम्साल चयन भएका छन् ।
तु खबरसंग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष गौतमले कोरियामा रहेका जातीय, राजनीतिक, भौगोलिक, सांस्कृतिक एवम् भिभिन्न क्षेत्रसंग सम्बन्धित नेपालीहरुको संस्थासंग समन्वय गर्दै गोरखा परिवारको गरिमा उच्च राख्ने गरि संस्थाको गतिविधिलाई क्रियाशिल बनाउने बताए । नेपालीहरुको हितमा डटेर लागिपर्ने उनको भनाई छ ।

