जनकपुरमा रेलसँग कार ठोक्कियो
काठमाडौं । जनकपुरको थापाचोकमा रहेको रेलवे लिक पार गर्ने क्रममा रेलसँग कार ठोक्किएको छ।
बाग्मती प्रदेश ०१–२५ च १२९० नम्बरको कार रेलवे लिक पार गर्ने क्रममा भंगाहाबाट जनकपुर आउँदै गरेका रेलसँग ठोक्किएको हो।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। रेलसँग ठोक्किंदा कारमा भने क्षति पुगेको छ।
