जेसीजको सदस्य बन्न चाहनेहरुका लागि तालिम

तु खबर संवाददाता
२०८२ श्रावण १८, आईतवार ०६:५६

मकवानपुर । युवाहरुको संस्था चैनपुर जेसीज मनहरीले प्रि इन्डक्सन एण्ड मोटिभेसन तालिमको आयोजना गरेको छ ।

जेसीजको सदस्य बन्न चाहनेहरुका लागि शनिबार तालिमको आयोजना गरिएको हो ।

कार्यक्रम संयोजक कृष्णप्रसाद खनालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक समेत रहेका हेटौंडा जेसीज वर्ष सन् २०१५ का अध्यक्ष दीपकराज मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।

मिश्रले जेसीजको विषयमा जानकारी दिँदै यसका अवसर, जेसीजको मर्म, मूल्य मान्यता लगायतको विषयमा जानकारी दिएका थिए ।

वर्ष सन् २०२२ मा स्थापना भएको जेसीजले गर्दै आएको कार्यहरुको विषयमा जानकारी दिँदै शाखा अध्यक्ष ढकालले जेसीजमा जोडिन चाहने युवाहरुसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल, कार्यकारिणी उपाध्यक्ष मनोज विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जेसीजको सदस्य लिन चाहनेका लागि पि इन्डक्सन एण्ड मेटिभेजन तालिमको आयोजना गर्ने गरिएको छ । चैनपुर जेसीज मनहरीका हाल ४१ जना सदस्य रहेको र विधान अनुसार नयाँ सदस्य थप गरिएको महासचिव सुरेश गौतमले जानकारी दिए ।