अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २४ पैसाले बढेर एक डलरको खरीददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम भएको छ।
त्यसैगरी आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.३१ रुपैयाँ र बिक्रीदर ९०.७० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.६७ रुपैयाँ र बिक्रीदर ३७.८४ रुपैयाँ तोकिएको छ।
त्यस्तै राष्ट्र बैंकका अनुसार एक मलेसियन रिंगिटको खरीददर ३२.७० रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४५३.२७ रुपैयाँ र बिक्रीदर ४५५.२४ रुपैयाँ कायम भएको छ।

