प्रम ओलीले गरे शपथ ग्रहण

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार १७:२६
फाइल तस्बिर

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*