सुनचाँदीको मूल्यमा वृद्धि : छापावाल सुन तोलामा कती रुपैयाँले महँगियो
नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
महासंघले दैनिक अन्तर्राष्ट्रिय बजारको मूल्य, भन्सार मूल्य तथा माग–आपूर्तिको आधारमा स्वदेशी बजारका लागि मूल्य निर्धारण गर्दै आएको छ।
