मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार १६:२३
प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नियुक्ति भएपछि प्रदेश प्रमुखको कार्यालयमा बिहीबार पत्रकारसँग कुरा गर्दै नेकपा९माओवादी केन्द्र०का संसदीय दलका नेता त्रिलोचन भट्ट । तस्वीर सिद्धराज भट्ट, धनगढी, रासस

धनगढी, ३ फागुन । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्नुभएको थियो ।

अठचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद हुनुहुन्छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*