नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबार: दुई भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८२ असार २४, मंगलवार १७:३८

नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार ललितपुरको सानेपाबाट उनीहरूलाई नियन्त्रणमा लिई मंगलबार सार्वजनिक गरेको हो। पक्राउ परेका दुवै जना लामो समयदेखि नेपालमा बसेर अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेको सीआईबीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारीका रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण बिजबनीका बिपिन कुमार रहेका छन्। हाल उनीहरू ललितपुरको सानेपामा बसोबास गर्दै आएका थिए।

प्रहरी अनुसन्धानअनुसार उनीहरूले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको डिजिटल मुद्रा कारोबार गरेका थिए। उनीहरू नेपालमा कानूनी रूपले निषेधित क्रिप्टोकरेन्सी प्रयोग गरी आर्थिक कारोबारमा संलग्न रहेको खुलासा भएको छ।