चीनसँगको व्यापारिक नाका रसुवागढीमा भीषण बाढी, ठूलो संरचनात्मक क्षति

तु खबर संवाददाता
२०८२ असार २४, मंगलवार ०८:२९

आज विहानै आएको भिषण बाढी पहिरोबाट नेपालको चीनसँगको व्यापारिक नाका रसुवागढीमा ठूलो क्षति भएको छ । यद्यपि मानवीय क्षतिको विवरण आइसकेको छैन । मितेर पुल भएको लेन्दे खोलमा भिषण बाढी आएको हो । बाढीबाट रसुवागढी हाईड्रोपावर, नयाँ बन्दै गरेको भन्सार यार्डमा क्षति पुगेको छ ।

आज विहान करिब ३ः१५ बजेतिरको समयमा चीनतर्फबाट बगेर आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाएको छ । चीनतर्फको अध्यागमन कार्यालय अगाडीको पुल विहिन अवस्थामा देखिएको छ ।

बाढीले खोला किनारामा पार्किङ गरिराखिएको केही ट्रकहरु समेत बगाएको छ । त्यस्तै भन्सार छुटाउन भनेर राखिएको केही इभी गाडीहरु समेत बगाएको अनुमान गरिएको छ ।

बाढीले अर्बौको क्षति पुर्याएको स्थानीयबासीले जनाएका छन् । हाल घटनास्थलमा प्रहरी र सेना पुगेर उद्धार कार्य सुरु गरिएको जानकारी प्राप्त भएका छ ।