मुख्यमन्त्रीको दाबी कसैले पेश गरेको छैन- प्रदेश प्रमुख खनाल

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार १५:२१

सुर्खेत, ३ फागुन । ६ नं प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलको नेताले दाबी पेश नगरेको बताउनुभएको छ ।

प्रदेश प्रमुख खनालले बहुमत सांसदहरुको समर्थन जुटाउन सक्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्ने सूचना गरिए पनि अहिलेसम्म कोही सो प्रक्रियामा नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको बहुमत प्राप्त दलको नेतालाई आज फागुन ३ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका छौैँ, यदि मुख्यमन्त्री नियुक्तिको दाबी नपरेको खण्डमा संविधानतः पुनः अर्को प्रक्रियामा जान्छौँ ।”

एमाले संसदीय दलको बैठकले प्रदेश सरकार आलोपालोबाट चलाउने सर्तमा सहमति गर्न प्रस्ताव राखेपछि मुख्यमन्त्रीको दाबी गर्न नेकपा ९माओवादी केन्द्र०लाई अप्ठ्यारो बनेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले साढे दुई साढे दुई वर्षको आलोपालो गरी सरकार चलाउने सहमतिमा हस्ताक्षर गर्न माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग सर्त राख्नुभएको थियो ।

यसमा माओवादी केन्द्रले वाम गठबन्धनको कार्यदलका अनुसार अघि बढ्नुपर्ने बताए पनि प्रदेशमा राप्रपाका एकजना सांसदलाई लिएर भएपनि बहुमत पु¥याउने र त्यसैको बलमा आलोपालोबाट सरकार चलाउने शर्तात्मक प्रस्ताव राखेर माओवादीलाई सहमतिमा आउन बाध्य पार्ने ध्याउन्नमा एमाले छ । यहाँ नेकपा ९माओवादी केन्द्र०का १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक सांसद मिलाएर पनि बहुमत बन्न सक्दैन । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*