एसईईको नतिजा साढे ५ बजे सार्वजनिक हुने

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुने भएको छ।
शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने जनाएको हो ।
२०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसइईई परीक्षामा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए, जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ ।