सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ असार ११, बुधबार १०:५४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४० रुपैयाँमा किनबेच भइरहेको छ ।