अमेरिकाबाट डिपोर्ट भएका भुटानीलाई अध्यागमनको कारवाही भुटान निष्कासनको तयारी

अमेरिकाबाट डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गरेका चार भुटानी नागरिकमाथिको अध्यागमन कानुनी प्रक्रिया र त्यसले देखाएको सीमा सुरक्षासम्बन्धी चुनौती थपीएको छ। ती व्यक्तिहरूलाई अध्यागमन कानून उल्लंघन गरेको अभियोगमा नेपाल सरकारद्वारा जरिवाना गरिनुका साथै, यदि उनीहरूले भुटानको राहदानी वा वैध यात्रा कागजात पेश गरेमा पुनः भुटान पठाइने निर्णय भएको छ। यसबारे अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले स्पष्ट पारेका छन् कि कागजात पेश नभएसम्म ती व्यक्तिहरू तोकिएको स्थान हदभित्र रहनुपर्नेछ, साथै ६० दिनभित्र अनुसन्धान सम्पन्न गरिनेछ।
सन् १९९० को दशकदेखि भुटान सरकारले गरेको जातीय सफाया नीति अन्तर्गत लखेटिएका नेपालीभाषी भुटानीहरू भारत हुँदै नेपाल प्रवेश गर्दै आएका छन्। झण्डै १ लाख २० हजार भन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनर्वास भइसकेका छन् भने बाँकी केही अझै नेपालमा रहेका छन्। यति लामो समयपछि पुनः अमेरिका जस्ता तेस्रो मुलुकबाट डिपोर्ट भएर भुटान जान नसकेका नागरिक नेपाल आउने क्रमले नेपाललाई नयाँ किसिमको सुरक्षात्मक र मानवअधिकार सम्बन्धी चुनौती खडा गरिदिएको छ।