यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३८.२४ रुपैयाँ र बिक्रीमूल्य १३८.८४ रुपैयाँ तोकिएको छ।
युरोपियन यूरो एकको खरीददर १५९.२९ रुपैयाँ र बिक्रीदर १५९.९८ रुपैयाँ छ भने यूके पाउण्ड स्ट्रलिङको खरीदभाउ १८५.९३ रुपैयाँ र बिक्रीभाउ १८६.७४ रुपैयाँ कायम गरिएको छ।
स्वीस फ्र्याङ्क एकको खरीददर १६९.९ रुपैयाँ र बिक्रीदर १६९.८२ रुपैयाँ तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरीदमूल्य ८९.१७ रुपैयाँ र बिक्रीमूल्य ८९.५६ रुपैयाँ रहेको छ।
राष्ट्र बैंकका अनुसार सार्वजनिक गरिएको यो दर बैंकहरूले कारोबारका लागि प्रयोग गर्ने हो भने खुला बजारमा भने यसमा केही अन्तर आउन सक्नेछ।