इरानमाथिको आक्रमण सफलः राष्ट्रपति डोनाल्ड ट्रम्प

तु खबर संवाददाता
२०८२ असार ८, आईतवार १०:०४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको बताएका छन् । साथै उनले इरानले शान्तिको मार्ग रोज्नुपर्ने पनि बताएका छन् ।

उनले राष्ट्रको नाममा सम्बोधन गर्दै मध्यपुर्बमा इरान एक गुन्डाको रुपमा रहेको बताए। उनले भनेका छन मध्यपुर्बमा एक गुन्डाको रुपमा रहेको इरानले अब पनि शान्तिको बाटो नरोजे आगामि आक्रमणहरु अझै ठुला हुने बताए।

देशबासीको नाममा सम्बोधन गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बधाई समेत दिएका छन् । साथै उनले आफ्ना महान देशभक्त सैनिक लाईपनि बधाई दिएका छन जसले  इरानका आणवीक केन्द्रहरुमा सफल आक्रमण गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले आज विहानै इरानमा रहेका फोर्डो, नातान्ज र इस्फाहान आणविक केन्द्रमा  बमहरु प्रयोग गरी आक्रमण गरेको थियो ।इरानी सञ्चार माध्यमहरुले पनि अमेरिकाले आक्रमण गरेको तथ्य स्पष्ट पारेका छन्