यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरीददर १३८.४६ रुपैयाँ र बिक्रीदर १३९.०६ रुपैयाँ, युरोपियन युरोको खरीददर १५९ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरीददर १८६.०४ रुपैयाँ र बिक्रीदर १८६.८५ रुपैयाँ, स्वीस फ्र्याङ्कको खरीददर १६९.३५ रुपैयाँ र बिक्रीदर १७०.०८ रुपैयाँ रहेको छ।
यता अष्ट्रेलियन डलरको खरीददर ८९.६० रुपैयाँ र बिक्रीदर ८९.९९ रुपैयाँ, क्यानेडियन डलरको खरीददर १०१.०३ रुपैयाँ र बिक्रीदर १०१.४७ रुपैयाँ, सिङ्गापुर डलरको खरीददर १०७.५१ रुपैयाँ र बिक्रीदर १०७.९८ रुपैयाँ, जापानी येन १० को खरीददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ, चिनियाँ युआनको खरीददर १९.२६ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ, साउदी अरेबियन रियालको खरीददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०६ रुपैयाँ कायम भएको छ।
त्यस्तै कतारी रियालको खरीददर ३७.९८ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, थाइ भाटको खरीददर ४.२२ रुपैयाँ र बिक्रीदर ४.२४ रुपैयाँ, युएई दिरामको खरीददर ३७.७० रुपैयाँ र बिक्रीदर ३७.८७ रुपैयाँ, मलेसियन रिङ्गेटको खरीददर ३२.५० रुपैयाँ र बिक्रीदर ३२.६४ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ, स्विडिस क्रोनरको खरीददर १४.३६ रुपैयाँ र बिक्रीदर १४.४३ रुपैयाँ तोकिएको छ।
त्यसैगरी डेनिस क्रोनरको खरीददर २१.३२ रुपैयाँ र बिक्रीदर २१.४१ रुपैयाँ, हङकङ डलरको खरीददर १७.६४ रुपैयाँ र बिक्रीदर १७.७१ रुपैयाँ, कुवेती दिनारको खरीददर ४५१.९५ रुपैयाँ र बिक्रीदर ४५३.९१ रुपैयाँ, बहराइन दिनारको खरीददर ३६७.०७ रुपैयाँ र बिक्रीदर ३६८.६६ रुपैयाँ, ओमानी रियालको खरीददर ३५९.६१ रुपैयाँ र बिक्रीदर ३६१.१७ रुपैयाँ कायम गरिएको छ।
यो विनिमयदर बैंकद्वारा प्रयोग गरिने दर हो भने खुला बजारमा विभिन्न बैंकले तोकेको दरमा केही अन्तर हुनसक्ने राष्ट्र बैंकले जनाएको छ।