दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, वैकल्पिक रुट प्रयोग गर्न सकिने

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो ।
सडक बिग्रिएकोले अत्यधीक जाम को जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले सुचना जारी गर्दै आग्रह गरेको छ ।
यातायातका साधन सन्चालनको लागि विवीन्न बैकल्पीक मार्गहरु प्रयोग गर्न सकीने जनाएको छ।
– पश्चिमबाट पूर्व जाने सवारी साधनले बुटवल-स्याङ्जा-पोखरा-मुग्लिन हुँदै जाने
– काठमाडौंबाट पश्चिम जाने सवारी साधनले मुग्लिन-पोखरा-स्याङ्जा-बुटवल हुँदै गन्तव्यमा जाने
– पूर्वबाट पश्चिम जाने सवारी साधनले नारायणगढ-मुग्लिन-पोखरा-स्याङ्जा-बुटवल हुँदै जाने
– साना सवारी साधन भने अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट-पिपलडाँडा सडकबाट आवतजावत गर्ने ।