कार्यकक्षमै न्यायाधीशमाथि कालोमोसो

तु खबर संवाददाता
२०८२ जेष्ठ २९, बिहीबार १७:१३

पर्सा ।  नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई कालोमोसो प्रहार गरेका छन् ।

उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि कालोमोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै  मोहमद अफताब आलमलाई सफाइ दिएको थीयो। यसअघि रौतहट जिल्ला अदालतले आलमसहित ४ जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

नेकपा बहुमतका कार्यकर्ताहरूले अफताब आलमलाई सफाइ दिएको इजलासको निर्णयको विरोध गरेका थिए