राप्रपा सांसद दीपक सिंह पनि पक्राउ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह पनि पक्राउ परेका छन् । केही समय अघि कमल थापालाई पक्राउ गरेको प्रहरीले सिंहलाई पनि पक्राउ गरेको हो ।
राजसंस्था पुनर्स्थापनाका लागि भइरहेको आन्दोलनका क्रममा आइतबार प्रहरीले सांसद सिंहलाई पक्राउ गरेको हो ।
मकवानपुरबाट निर्वाचित सिंहलाई काठमाडौंबाट पक्राउ गरिएको हो । यस अघि वैशाख १५ गते भएको आन्दोलनका क्रममा रबीन्द्र मिश्र, धवल शम्शेर राणाहरुलाई पक्राउ गरेको थियो ।
स्वागत नेपाललाई भने पक्राउपछि छाडिएको थियो । सर्वोच्च अदालतमा नेपालको पक्षबाट बन्दीप्रत्येक्षीकरणको निवेदन दर्ता भएपछि मुद्धा चलाउनु पर्ने सबुद् प्रमाण नभएको भनी छोडिएको थियो ।
