राजावादीको आन्दोलनबाट कमल थापा पक्राउ
काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालुवाटारतर्फ अघि बढ्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो । कमल थापासहित राजसंस्था पक्षधर नेताहरूले आइतबार प्रदर्शनको नेतृत्व गरेका थिए।
पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री समेत रहेका थापालाई नियन्त्रणमा लिएपछि राजावादीहरु झनै आक्रोशित भएका छन् ।
