बागमती सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत (पूर्णपाठ)

तु खबर संवाददाता
२०८२ जेष्ठ १४, बुधबार १६:५३

हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२ र०८३ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संसद्मा प्रस्तुत गरेका छन् । आज बुधबार बसेको संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।

प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार, सरकारले भौतिक पूर्वाधार निर्माणमा एकद्वार प्रणाली अवलम्बन गर्ने, बहु वर्षीय योजनाहरूको मापदण्ड निर्धारण गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रै स्रोत सुनिश्चितता प्रदान गर्ने छ ।

प्रदेश गौरवका आयोजना, बहु वर्षीय आयोजना र क्रमागत आयोजनाहरू तोकिएको समयभित्रै सम्पन्न गर्ने सरकारको नीति छ ।

कार्यक्रम अनुसार, प्रदेशमा लगानी सम्भावना पहिचान गर्न लगानी सम्मेलन आयोजनाका लागि नीतिगत, कानूनी तथा संरचनागत व्यवस्था गर्ने, प्रदेशको पूर्ण वा सह लगानीमा निर्माण भएका पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण हुने र आम्दानीको निश्चित प्रतिशत प्रदेशले प्राप्त गर्ने व्यवस्था गर्ने सरकारले नीति लिएको छ ।

प्रदेशभित्रका उदीयमान सहर स्थापना गर्ने कार्यक्रम अघि बढाउने सरकारको तयारी रहेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab