बनाए माविका विद्यार्थीले ड्रोन

तु खबर संवाददाता
२०७४ फाल्गुन २, बुधबार १४:१२

दमौली, तनहुँ, २ फागुन । तनहुँको म्याग्दे गाउँपालिकास्थित मेघदह अंग्रेजी माविका विद्यार्थीले ड्रोन बनाएर मंगलबार प्रदर्शन गरेका छन् ।

विद्यालयको २९औँ वार्षिकोत्सवका अवसरमा ती विद्यार्थीले ड्रोन बनाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विद्यार्थीले विज्ञानका विभिन्न उपकरण निर्माण गरी अभ्याससमेत गरेका थिए ।

ड्रोन क्यामेरा, हाइड्रोलिक जेसिवि, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक इलेक्ट्रो म्याग्नेट, पेन्सिल लाइट, सोलार बल्ब, मिनी भ्याकुम क्लिनर, मिनी मोटर पम्प, इलेक्ट्रिक डुंगा, पेरिस्कोप, बाइनोकुलर, इलेक्ट्रो म्याग्नेट, सिम्पल सेललगायत २० वटाभन्दा बढी उपकरण निर्माण गरी प्रदर्शन गरेको विद्यालयका प्रिन्सिपल रमेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

विद्यार्थीले एक हप्तामै विज्ञानका ती उपकरण निर्माण गर्न सफल भएको दाबी उहाँले गर्नुभयो । आफ्ना बालबालिकाले महत्वपूर्ण विज्ञानका सामग्री निर्माण गर्दा अभिभावक भने दंग परेका थिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*