डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ स्थित सिमानामा बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ ।
आज सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका पाइपहरु बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
गत अशोजमा आएको बाढीले बगुवा खोलास्थित बागमती पुलको एक भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन हुँदै आएको थियो ।