संघीय नेपालका पहिलो ऐतिहासिक मुख्यमन्त्री डोरमणि पौडेलको पदभार ग्रहणमा रहस्यमयी मुस्कान (फोटो फिचर)
चन्द्र घलान/बलराम पुडासैनी
मकवानपुर, २९ माघ । संघीय नेपालका पहिलो मुख्य मन्त्री डोरमणि पौडेलले सोमबार सपथ ग्रहणसँगै पदभार समेत ग्रहण गरेका छन् । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा आईतबार नियुक्त भएका पौडेललाई आज ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा एक समारोहकाबिच ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिईन् ।
सपथ ग्रहण पश्चात केही समय शहिद स्मारकमा पुगेर फर्किएका उनले मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा मुस्कुराउँदै भित्र छिरेका मुख्यमन्त्री पौडेलको मुस्कान हेर्न लायक थियो । आफैमा ऐतिहासिक हुनुले पनि उनको यो मुस्कानको खास महत्व पदभार ग्रहणका क्रममा देखियो ।
पौडेलमात्र होईन उनको पदभार ग्रहणका क्रममा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेका साथै उपस्थित अन्यको पनि मुहारमा चमक थियो ।
सातै प्रदेशमा यो पहिलो र ऐतिहासिक सपथ ग्रहण तथा पदभार ग्रहण हो । पदभार ग्रहण पश्चात आज नै पौडेलले सानो आकारको मन्त्री मण्डल बनाउने श्रोतको दाबी छ ।
