राधिका तामाङ प्रदेश नम्बर ३ को उपसभामुखमा निर्विरोध चयन
मकवानपुर २८ माघ । प्रदेश नंबर ३ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् ।
आईतवार मकवानपुरको हेटौंडामा रहेको प्रदेश नंबर ३ को प्रदेशसभा सचिवालयमा भएको मनोनयन दर्तामा उनी बाहेक अरुको उम्मेद्वारी नपरेपछि तामाङ स्वत निर्विरोध निर्वाचित भएकी हुन् । तर औपचारीक घोषणा भने प्रदेशसभाको २ बजे बस्ने बैठकले गर्ने छ ।
३ नम्बर प्रदेश सभवालयका सचिव डाक्टर रोजराज पाण्डेका अनुसार तामाङ बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेको र उनलाई नै उपसभामुखको रुपमा प्रदेशसभाको २ बजे बस्ने बैठक घोषणा गर्ने छ ।
