माओवादी केन्द्र थाहा नगरमा पूनः अरुण रायमाझी
थाहानगर, २७ माघ । नेकपा माओवादी केन्द्र थाहा नगरपालिका कमिटिको सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले पूनः अरुण रायमाझीको अध्यक्षतामा ५७ सदस्यीय कार्य समिति चयन गरेको छ ।
भेलाबाट उपाध्यक्षमा विनोद लामा, लक्ष्मण बिष्ट, रामचन्द्र कार्की र हरिशरण नेपाल तथा सचिवमा विनायक गोले, कोषाध्यक्षमा इच्छापूर्ण कार्की र सहसचिव सकुन्तला गोपालीलाई चयन गरेको नेकपा माओवादी केन्द्रका संचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए ।
रायमाझीको सभाध्यक्षतामा भएको सम्मेलन नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला कार्यालय सदस्य बलराम बलको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य बिष्णु बिष्ट ‘आदर्श’ को विशेष आतिथ्यता रहेको थियो ।
भेलामा थाहा नगरका मेयर लवेशर बिष्ट, एमाले प्रतिनिधि राजु नापित, काँग्रेस योगेन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
