डोरमणि पौडेल बने एमालेकातर्फबाट प्रदेश नम्बर ३ का संसदिय दलका नेता

तु खबर संवाददाता
२०७४ माघ २६, शुक्रबार १२:४२

काठमाडौँ, २६ माघ । नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलका नेतामा मकवानपुरका डोरमणि पौडेल चुनिएका छन् ।

आज भएको चुनावमा उनले ३४ मत प्राप्त गरी संसदीय दलको नेतामा विजयी भएको एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिईन् ।पौडेलसँगै चुनावी मैदानमा रहेकी काठमाडौँकी अष्टलक्ष्मी शाक्यलाई उनले १० मतले पराजित गरेका हुन् । शाक्यको २४ मत आएको थियो । प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल रहेका थिए । प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।

नेकपा एमालेको प्रदेश नम्बर ३ मा स्पष्ट बहुमत भएका कारण संसदीय दलको नेता बनेसँगै पौडेल नै प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*