हेटौँडाको विजय युथ क्लब सिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजकसँग भिड्दै
-अनिल प्रित
बारा, २५ माघ । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण बिहीबार शुरु हुँदैछ ।
आयोजक नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीका अनुसार दिउसो साढे १ बजे प्रतियोगिताको उदघाटन हुनेछ । खेललाई समाजसेवी तथा कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आगामी फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति यूवा क्लबको ‘सेतो’ र हेटौंडाको विजय युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
विजय युथ क्लब हेटौँडा रुस्लान सिमरा गोल्डकपको सातौँ संस्करणको विजेता हो भने आयोजक नव जनजागृति यूवा क्लब पाँचौं संस्करणको विजेता हो ।
