क्रिकेटतर्फ ४ समूह सेमिफाईनल र भलिबलतर्फ ५ समूह क्वाटरफाईनलमा प्रवेश

तु खबर संवाददाता
२०७४ माघ २४, बुधबार १३:२२

मकवानपुर, २४ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा भईरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत क्रिकेटतर्फ ४ समूह सेमिफाईनलमा र भलिबल तर्फ ५ समूह क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

क्याम्पको वार्षिक उत्वसका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भलिबल प्रतियोगिताको उद्घाटनमा स्ववियु र प्राध्यापकबिच मैत्रीपुर्ण प्रतियोगिता भएको थियो । त्यसपछि भएको पुरुष तर्फको खेलबाट ५ वटा समुह क्वाटर फाईनलमा प्रवेश गरेको छ । त्यसैगरी महिला तर्फ भने कक्षा ११ विज्ञान संकाय र कक्षा १२ विज्ञान संकाय सेमी फाईनलमा प्रवेश गर्नुका साथै कक्षा ११ शिक्षा संकायको समुहले बाई पाएर सोझै फाईनलको यात्रा तय गरेको छ ।

पुरुष तर्फको खेलमा भने अझै केही समुहले क्वाटर फाईनलको लागि खेल्न बाँकी रहेको भलिबल प्रतियोगिताका संयोजक गिरिजा अधिकारीले बताएका छन् । पुरुष तर्फको खेलबाट कक्षा १२ वाणिज्य संकाय, १२ मानबिकी संकाय ए, बिबिएस प्रथम वर्ष,वाणिज्य संकाय कक्षा ११,मानबिकी संकाय १२ बि र बिबिएस तेश्रो वर्षले क्वाटरफाईलको स्थान सुरक्षित गरेको छ ।

त्यसैगरी आईताबारदेखि सुरु भएको क्रिकेटमा भने बिबिएम पाचौं सेमेस्टरको समुहले सोझै बाई पाए संगै चार समुहले सेमीफाईनलको यात्रा सुरक्षित गरेको छ । सेमीफाईनलमा प्रबेश गर्ने समुहरुमा कक्षा ११ मानबिकी संकायलाई पराजित गर्दै कक्षा ११ बिज्ञान संकाय,कक्षा १२ वाणिज्य संकायलाई पराजित गर्दै कक्षा ११ वाणिज्य संकाय, १२ विज्ञान संकायलाई पराजित गर्दै बिबिएस पहिलो वर्ष र सोझै बाई पाएर बिबिएम पाँचौ सेमेस्टरले आफनो सेमीफाईनलको यात्रा तय गरेको हो ।

फाईनमा प्रवेश गर्नको लागि कक्षा ११ विज्ञान संकायको बिरुद्द कक्षा ११ वाणिज्य संकाय भिड्नेछन भने बिबिएस पहिलो वर्षको बिरुद्द बिबिएम पाँचौ सेमेस्टर मैदानमा उत्रने क्रिकेट खेल संयोजक सौरभ अधिकारीले जानकारी दिए । सप्ताहब्यापी कार्यक्रम निरन्तर २८ गते सम्म चल्ने स्ववियु मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*