सम्मानित भए प्रदेशसभाका दलित सांसद

तु खबर संवाददाता
२०७४ माघ २४, बुधबार १२:३९

सुर्खेत, २४ माघ । प्रदेश नं ६ बाट निर्वाचित दलित समुदायका प्रदेशसभा सांसदहरुलाई सुर्खेतमा सम्मान गरिएको छ ।

नेपाल दलित मुक्ति मोर्चा ६ नं प्रदेश समितिको आयोजनामा मंगलबार उहाँहरुलाई सम्मान गरिएको हो । यो प्रदेशबाट प्रत्यक्ष तथा समानुपातिकका पाँचजना सांसदलाई स्वागत तथा सम्मान गरिएको हो ।

६ नं प्रदेशअन्तर्गत दलित समुदायबाट निर्वाचित रुकुम पश्चिम प्रदेशसभा ९क० का नेकपा (माओवादी केन्द्र)का सांसद रातो कामी, मुगु प्रदेश (ख) बाट निर्वाचित नेकपा (एमाले) सांसद दानसिंह परियार, एमालेकै दैलेखका प्रदेशसभा सांसद राजु नेपाली, माओवादी केन्द्र, सुर्खेतका समानुपातिक सांसद सीता नेपाली र नेपाली कांँगे्रस मुगुका समानुपातिक सांसद झोवा विक लामालार्ई सम्मान गरिएको हो ।

कार्यक्रममा दलित समुदायबाट जिल्ला समन्वय समिति, जुम्लाका प्रमुख लालबहादुर सार्की तथा ६ नं प्रदेश अन्तर्गतका स्थानीय तहमा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रमका वक्ताले निर्वाचित जनप्रतिनिधिले दलित आवाजहरु केन्द्रीय तहमा पु¥याएर अधिकार सुनिश्चिततामा सहयोग पुग्ने धारणा राखेका थिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*