मकवानपुर प्रहरीले पक्राउ गरेका दिपेन्द्र अदालत परिसरबाटै फरार

तु खबर संवाददाता
२०७४ माघ २२,सोमबार १७:५०

मकवानपुर, २२ माघ । मकवानपुर प्रहरीले पक्राउ गरेका एक व्यक्ति म्याद थपका लागि अदालत लाँदै गर्दा अदाल नजिकैबाट फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार लागुऔषधको आरोपमा पक्राउ परेका दिपेन्द्र शाह अदालत परिसरबाटै फरार भएका हुन् । प्रहरीले लागुऔषधको केसमा सोमबार बिहानै उनलाई नियन्त्रणमा लिएको थियो । उनी कसरी फरार भए, कसको कमाण्डमा उनी अदालतमा लगियो भन्ने विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*