घरेलु तथा साना उद्योग संघको साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

तु खबर संवाददाता
२०८१ भाद्र ३०, आईतवार १६:४५

मकवानपुर । घरेलु तथा साना उद्योग संघ मकवानपुरको साधारण सभा तथा तथा महिला उद्यमी समिति मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

संघको २९ औं वार्षिक साधारणसभा तथा महिला उद्यमी समितिको नवौं जिल्ला अधिवेशन एकैदिन सम्पन्न भएको हो । कार्यक्रम बागमती प्रदेश सरकारको उद्योग, वाणीज्य, भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले उद्घाटन गरेकी थिइन् ।

अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको संघका महासचिव कुमार पौडेलले जानकारी दिए ।

संघका महासचिव पौडेलका अनुसार, घरेलु तथा साना उद्योग संघमा १९ र महिला उद्यमी समितिका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको साधारणसभाबाट कुमार पौडेललेको अध्यक्षतामा नयाँ कार्यससमिति चयन गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा रामहरि तिमल्सिना, उपाध्यक्षमा गीता मैनाली, महासचिवमा शिवप्रसाद खतिवडा (राजु), कोषाध्यक्षमा कृष्णप्रसाद अर्याल र सचिवमा गंगा पौडेल चयन भएका छन् ।

यसैगरी, संघको सदस्यहरुमा क्रमशः दुर्गा घिमिरे, रन्जिता दाहाल, विष्णुकुमार नेपाल, टिका बहादुर खड्का, पुरुषोत्तम पौडेल चयन भएका छन् ।

यस्तै, महिला उद्यमी समितीको अध्यक्षमा चन्द्रावती पनेरु, उपाध्यक्षमा दिपा शिवभक्ती, सचिवमा अस्मिता भुसाल, सह–सचिवमा आशा कुमारी अधिकारी, कोषाध्यक्षमा मिठुकुमारी अधिकारी चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः केशरी दाहाल, उर्मिला अधिकारी, जुना मुल्ल, सम्झाना सिटौला, देवी पौडेल चयन भएका छन् ।