प्रदेश नं ४ को सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते हुने
पोखरा, २२ माघ प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ ।
आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । रासस
