युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु
किभ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ ।
रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार, विमान दुर्घटनामा परेर विमानका पाइलट ओलेक्सी मेसको मृत्यु भएको हो ।
सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो । रुसले सोमबार एकपछि अर्को गर्दै आक्रमण गरिरहँदा सो विमान खसेको जनाइएको छ । –एजेन्सी
