हेलिकोप्टर दुर्घटनाः मृतक सबैको शव काठमाडौं लगियो

तु खबर संवाददाता
२०८१ श्रावण २३, बुधबार १८:२०

काठमाडौं । नवाकोटमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव काठमाडौं लगिएको छ ।

जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव काठमाडौं लगिएको हो ।

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि छुटेको उक्त हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार चिनिया नागरिक र एक नेपाली नागरिक रहेका छन् । मृतकमध्ये नेपाली नागरिक अरुण मल्ल हेलिकोप्टर चालक हुन् ।

उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने जनाइएकोे छ ।