फेदीखोला हाईड्रोमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

तु खबर संवाददाता
२०८१ श्रावण १७, बिहीबार १४:५७
तस्बिर : राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । फेदीखोला हाईड्रो पावर कम्पनी प्राइभेट लिमिटेड र राष्ट्रिय बाणिज्य बैंककाबीचमा फेदीखोला जलविद्युत आयोजना ४.३ मेगावाटमा ऋण लगानी गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि. बाट लिमिटेड मा परिवर्तन गरी स्वपुँजीको ४४ करोड ३० प्रतिसत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन गरिने लक्ष्य रहेको छ ।

२०८२ असोज भित्र सम्पन्नहुने यस आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।