बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । बाँकेको जानकी गाउँपालिका–६ स्थित सडकमा शुक्रबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु.२ ख ४६ नम्बरको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो ।
बसको ठक्करबाट पैदलयात्री जानकी गाउँपालिका–६ कोठारपुर बस्ने ६० वर्षीया कलावती भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
